चटपटे र पानीपुरी बेचेरै आफ्नो श्रीमानको मुटुरोग निको बनाउने यी आमालाई सलाम [हेर्नुहोस् भिडियो]

भक्तपुर। कुनै बेला म नाङ्ग्लो पसल राख्थे। बाटोमा राख्दा समस्या भो। त्यसपछि चट्पट पसल राखे। अब खै कहिले नगरपालिकाले बाटो बनाउने हो। बाटो बनाउने भए पछि त यो ठाउँ पनि छोड्नु पर्छ।’ निन्याउरो अनुहारमा मान कुमारी श्रेष्ठले भनिन्। सुर्यविनायक, भक्तपुरको बस्ताप नेरी नै उनको सानो चट्पटको पसल छ। साथै चिया पसल पनि। मनिका श्रेष्ठ उनकी बुहारी हुन्। यसो समय मिलेको बेला पसलमा सघाइदिनको निमित्त उनको बुहारी आउने गर्छिन्।
समाजमा सासु बुहारीको खटपट त तपाईहामीले सुनी रहेका नै छौ। तर मान कुमारीका सासु बुहारी आमा छोरी जस्तो भएर बसेका छन्। उनी भन्छिन् ,’बुहारी पनि छोरी नै हो। उनी पनि आफ्नो घर, आमाबुबा छोडेर आएकी हुन्। हेला गर्नु हुँदैन। मैले आमाको माया नदिए कसले दिन्छ ? मलाई त उनी आफ्नो छोरी जस्तै लाग्छ। ‘

सिन्धुपाल्चोकमा उनको खेतबारी मज्जाले थियो। जीवनमा खानलाउनको दुख थिएन। कपडा पसल थियो। व्यपार व्यवसाय पनि राम्रै, सन्तोषजनक नै थियो। एक्कासी उनको श्रीमानलाई मुटु रोगले ग्रस्त बनायो। आफ्नो श्रीमानको उपचार गर्दागर्दै उनको कपडा पसलको आम्दानी पनि सकियो। श्रीमानको उपचारमा धाउदाधाउदा पसलमा बस्ने फुर्सद पनि भएन। पसलमा बस्न फुर्सद नहुनु र उनको आर्थिक अवस्था कम्जोर हुँदै जानु एउटै भयो। अन्तत: उनले पसल बेचिन्।

जिनतिन गरेर श्रीमानको रोग निको पारिन्। छोराछोरी पनि सानै थिए। उनको तिनजना सन्तान छन्। धेरै दुखेजिलो गरेर हुर्काइन। छोराछोरीलाई पढाइन लेखाइन, सक्षम बनाइन। अहिले त छोराछोरी हुर्किसकेका छन्। त्यसपछि जिविको पार्जन गर्न उनले नाङ्ग्लो पसल थापिन्। तरकारी पसल राखिन। उनलाई घाटा भएसी उनले अहिले चटपटे पसल खोलेकी हुन्। अहिले उनको श्रीमान पनि निरोगी छन्। सुखी परिवार छ। उनको छोराछोरी पनि कमाउनी भइसकेका छन्। हेर्नुहोस् भिडियो :