काउली बुढी र मोहन खड्काको स्वरमा मर्म स्पर्श दशैं गीत बजारमा (भिडियो सहित)

पछिल्लो समय नेपाल आइडलमा आफ्नो प्रस्तुति देखाएर जजहरुलाई अचम्मित तुल्याएकी काउली बुढी एकाएक चर्चाको शिखरमा पुग्न सफल भइन् l उनको कलालाई दर्शकले राम्रो मुल्यांकन गरे साथै पछोलो समयमा उनलाई भ्याई न भ्याई भएको छ l उनी काउली बुढी अर्थात् सन्ध्या बुढा र मोहन खड्काको स्वरमा रहेको अत्यन्तै मर्म स्पर्श गीत “घुम्दै आयो दशैं तिहार ” स्वाभिमान क्रियशनले बजारमा ल्याएको छ , अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोको निर्देशन सम्पादन छायांकन बिष्णु भट्टराई ले गरेका छन् , राजु महोत्रा, मीरा महोत्रा, र मिन खत्रीको समेत अभिनय रहेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ l मोहन खड्काकै लय रहेको गीत भर्खरै मात्रै बजारमा सार्बजनिक भएको छ हेरौ उक्त गीतको भिडियो l